उखान टुक्का हानेकै भरमा ओलीले एक बर्ष खेर फाले: देउवा

Advertisement

बनेपा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उखान टुक्का हानेर प्रधानमन्त्री केपी ओलीले एक बर्षको महत्वपूर्ण समय खेर फालेको आरोप लगाएका छन् । काभ्रेको भकुण्डेबेसीमा कांग्रेसको क्षेत्रीय पार्टी कार्यालय शिलान्यासका क्रममा बुधबार उनले सरकारले एक वर्षमा एउटा पनि प्रभावकारी काम गर्न नसकेको बताए ।

सरकारले देशमा विकास र समृद्धि ल्याउला भनेको हत्या र बलात्कार मात्रै ल्याएको भन्दै बरु उल्टै अधिनायकवादी शैलीमा जनताको अधिकार खोस्ने र मिडियालाई नियन्त्रण गर्ने काममा लागेको बताए । गएको एक वर्षमा केपी ओली सरकारले एउटै देखाउन लायक काम गर्न नसकेको देउवाको तर्क छ ।

उनले भने, ‘यति महत्वपूर्ण समय ओली सरकारले कामै नगरी उखान टुक्का मात्र हानेर खेर फाल्यो, बोलेका काम कुनै पूरा गर्न सकेको छैन, हत्या हिंसा र बलात्कारीलाई संरक्षण गर्ने काम गर्यो ।’ देउवाले निर्मला पन्तको हत्याराको संरक्षण गर्ने काम सरकारले गरेको भन्दै हत्या, हिंसा, बलात्कार नियन्त्रण गर्न नसक्ने सरकारबाट अरु के कुरा अपेक्षा गर्ने ? भनी प्रश्न गरे ।

Advertisement

Advertisement

Advertisement