हावाहुरी पीडितलाई बाणिज्य बैंकले दियो ७५ लाखको चेक

Advertisement

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले बारा र पर्सा जिल्लाका हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ । बैंकको तर्फबाट प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा जम्मा हुने गरि ७५ लाखको चेक एक समारोहकाबीच बैंक संचालक समितिका अध्यक्ष एवं सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवारमा सम्पन्न उक्त कार्यक्रममा कानून, न्याय तथा संसदिय मामिला मन्त्री भाुनुभक्त ढकाल, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, प्रधानमन्त्री प्रमूख राजनैतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, पे्रस सल्लाहकार चेतन अधिकारी, राष्ट्रिय वाणिज्य बैंकका संचालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका सह सचिव निर्मलहरी अधिकारीको उपस्थिती रहेको थियो ।

त्यसैगरी समारोहमा बैंकका प्रमूख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठ, नायव प्रमूख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत श्री टेक राज जोशी, विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थीती रहेको थियो ।

Advertisement

Advertisement

Advertisement