हुण्डाई न्यू इयर डिलाइट सार्वजनिकः ५० हजारसम्मको एक्सचेन्ज बोनस

Advertisement

काठमाडौं । हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०७६ लाई लक्षित गरी आकर्षक योजना हुण्डाई न्यू इयर डिलाइट सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले आकर्षक नगद छुटका साथै, ग्राहकले ५० हजारसम्मको एक्सचेन्ज बोनस तथा १५ हजारको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसीङ तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement