सेयर बजार स्थिर, युनिलिभर ७५१ रुपियाँले घट्यो

Advertisement

काठमाडौं । पछिल्लो समय केही अस्थिर रहेको सेयर बजार बिहीबार भने स्थिर रह्यो । आज सेयर बजार परिसुचक नेप्से शुन्य दशमलव ५९ अंकले घटेर एक हजार १८४ कायम रह्यो भने ३९ लाख ६४ हजार रुपियाँको कारोबार भयो ।

आज धेरै कारोबार गर्नेमा कुमारी बैंक छ । कुमारी बैंकको तीन करोड ६३ लाख रुपियाँको कारोबार भयो । आज धेरै नाफा गर्नेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा घरेम्दी हाइड्रोका लगानीकर्ता अगाडि छन् ।

समूहगत कारोबारतर्फ जलविद्युत, वित्त, उत्पादनमूलक र अन्य समूहमा गिरावट छ भने बाँकी समूहका सामान्य सुधार छ । उत्पादनमूलक समूहको उपसुचकमा सबैभन्दा धेरै एक प्रतिशतभन्दा बढिले गिरावट भएको छ ।

Advertisement

Advertisement

Advertisement