एभरेष्ट इन्स्योरेन्सको तीन सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डको अनुमती

Advertisement

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले तीन सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको छ । बोर्डले एभरेष्ट इन्स्योरेन्सलाई प्रति १ कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिने निर्णय गरेको हो ।

अहिले २७ करोड ३९ लाख ८२ हजार ५०० रुपियाँ चुक्ता पूँजी रहेको एभरेष्टले ८२ करोड १९ लाख ४७ हजार ५०० रुपियाँको हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपियाँ पुग्नेछ ।

एभरेष्टको हकप्रद शेयर निष्काशनको सबै काम सिद्धार्थ क्यापिटलले गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement