बैंकको चर्को ब्याज र संघीयतापछिको दोहोरो करको समस्या समाधान होस्ः निजी क्षेत्र

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको साधारणसभामा बोल्ने व्यवसायीहरुले बैंकहरुको चर्को ब्याजदर र दोहोरो करबाट आफूहरु मर्माहत भएको प्रधानमन्त्री केपी ओलीलाई सुनाएका छन् । उनीहरुले बैंकहरुले ब्याज मनलाग्दी बढाउने गरेको भन्दै यसलाई नघटाउने हो भने नेपालमा लगानीको बाताबरण गर्न नसक्ने चेतावनी दिए ।

महासंघकी अध्यक्ष भवानी राणाले बैंकहरुले मनोमानी ढंगले ब्याज बढाउँदा पनि चुप बस्नुपर्ने अवस्था रहेको भन्दै यो कुरालाई नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्ने बताइन् । उनले अहिलेको चर्को ब्याज लिएर उद्योगधन्दा चल्न नसक्ने बताइन् । राणाले भने, बैंकहरुले आफूलाई चाहेको बेलामा मनपरी ब्याज बढाउँदै आएका छन्, जसले गर्दा उद्योगी व्यवसायी ठूलो मर्का परेको छ, उद्योगहरु चल्नैनसक्ने गरी ब्याज बढाउने कुरा रोकिनुपर्छ ।’

बैंकिङ क्षेत्रले प्रवाह गर्ने ऋण र त्यसको ब्याजको बैज्ञानिक मापदण्ड नैै बनाउनु जरुरी रहेको भन्दै अध्यक्ष राणाले जोखिम मोलेर उद्योगी खोलेर ब्याज तिरिरहेका उद्योगहरुमाथि नै चर्को ब्याज थोपर्ने कुरा उचित नभएको बताइन् । उनले संघीयतापछि दोहोरो करको समस्या जताजति देखिएको भन्दै यसलाई पनि गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।

अध्यक्ष राणाले संघीयतापछि करको भार थोपर्ने काम भएको भन्दै तीनै तहका सरकारबीच करको विषयमा देखिएको अन्योता र दोहोरोपन हटाउन पनि आग्रह गरिन् । विशेषगरी साना पूँजीका व्यवसाय नवीकरण र प्यान दर्ताका नाममा झमेलामा पर्दै आएको, अनुगमनको नाममा दिइने अनावश्यक दुःखबाट व्यवसायी आजित भएको, अनुगमनका क्रममा दोषी ठहरिनुअघि नै पक्रने तथा जेल हाल्ने गरिएको जस्ता समस्याहरु उनले राखेकी थिइन् ।

Advertisement

Advertisement

Advertisement