हिमालय ऊर्जाको आईपिओ बाँडफाँड बैशाख ३ गते

Advertisement

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आइपिओ) वैशाख ३ गते बाँडफाँड हुने भएको छ। कम्पनीका प्रबन्धक प्रकाश दुलालले दिउँसो १ बजे आईपिओ बाँडफाँड हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले चैत २० देखि २५ गतेसम्म १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो। जसमा ५१ करोड ५९ लाख ८२ हजार रुपियाँ बराबरको ५१ लाख ५९ हजार ८२० कित्ता शेयरको आवेदन परेको छ । यो मागको तुलनामा ३.७८ गुणा बढी हो । कम्पनीको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड हुनेछ। आईपिओमा ७२ हजार ३७६ वटा आवेदन परेको छ ।

यसअनुसार प्रत्येक आवेदकले घटिमा १० कित्ताका दरले समानुपातिक रुपमा बाँडफाँड गर्दा लगानीकर्ताले अधिकांश आवेदकले २० कित्ता शेयर प्राप्त गर्ने देखिन्छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाइएको सबै शेयर खरिद नगरेको खण्डमा भने केही आवेदकले गोलाप्रथाबाट अधिकतम ३० कित्ता शेयर प्राप्त गर्नसक्ने देखिन्छ।

कम्पनीले कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको मध्ये कर्मचारीहरुलाई ३ प्रतिशत अर्थात ४४ हजार ५५० कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ता छुट्टाइएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति– आई आई गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ।

विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेगावाट निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ। यसरी हेर्दा प्रति मेगावाट लागत करिब १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ।

Advertisement

Advertisement

Advertisement