सहकारी महासंघको बारा–पर्साका हावाहुरी पीडितलाई ११ लाख सहयोग

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले बारा र पर्साको हावाहुरी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख ११ हजार एक सय ११ रुपियाँ प्रदान गरेको छ । महासंघ अध्यक्ष केशव बडालको नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम बराबरको चेक बिहिबार हस्तान्तरण गरेको हो । यो रकम महासंघको प्राकृतिक विपत्ति उद्दार कोषबाट दिइएको हो ।

कोषमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले एक लाख १० हजार एक सय ११, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ५५ हजार पाँच सय ५५, लालिगुरास बहुउद्देश्यीय सहकारीले ५० हजार एक सय ११ र रिलायबल बचतले १० हजार एक सय ११ रुपियाँ जम्मा गरेको महासंघले जनाएको छ । प्रधानमन्त्री ओलीले सहकारीले प्राकृतिक विपत्ति परेको समयमा सक्दो सहयोग गर्दै आएको भन्दै प्रशंसा गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement