‘नोटाम’मा नेपाल वायुसेवालाई उड्न नदिने फ्लाई दुवईलाई दिने महाप्रवन्धकलाई स्पष्टिकरण

Advertisement

काठमाडौं । राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको जहाजलाई ‘नोटाम’ भन्दै उड्न नदिने तर फ्लाई दुवईलाई दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धकलाई सरकारले स्पष्टिकरण सोधेको छ ।

धावनमार्ग मर्मतका लागि भन्दै राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द हुने सुचना ‘नोटिस टु एयर मिन’ (नोटाम) जारी गरिएको भन्दै गत साता दुवई उड्नै लागेको नेपाल वायुसेवा निगमलाई रातभरी रोकेर राखेका क्षेत्रीले मंगलबार राति फ्लाई दुवईलाई भने नोटाम सुरु भएको १७ मिनेटपछि उड्न अनुमति दिएका थिए ।

उड्डयनसम्वन्धी अन्तर्राष्ट्रिय संस्था आइकाओको नियमअनुसार नोटाममा उडान अनुमति दिनै मिल्दैन । यदि त्यसरी अनुमति दिए उसले त्यो मुलुकको उड्डयन सेवालाई कालोसुचीमा राख्नेदेखि विमान दुर्घटना भएको अवस्थामा बीमा कम्पनीहरुले क्षतिपूर्ति नदिनेसम्मको अवस्था रहने सरोकारवालाहरु बताउँछन् ।

नोटम सुरु भएकै कारण नेपाल वायुसेवाको वाइडबडी जहाजबाट दुवई जान लागेको डेढसयभन्दा बढि यात्रुलाई रातभरी जहानभित्रै राखेर बिहान मात्रै उँडाइएको थियो । तर मंगलबार राति त्यही नोटमको समयमा फ्लाई दुवईलाई उड्न दिइएको देखिएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्षेत्रीलाई २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

उनले आफ्नो स्पष्टिकरण बुझाइसकेका छन् । स्पष्टिकरणमा क्षेत्रीले मर्मतको काम नभएकोले प्राविधिकहरुसँगको परामर्शमा मानवीय नाताले फ्लाई दुवईलाई उड्न दिएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement