कामको प्रेसरले कर्मचारी टिकाउन एनआइसी एसियालाई धौधौ, दैनिक ५ देखि २० को प्रवेश र बहिर्गमन

Advertisement

काठमाडौं । ग्राहकको आधार बढेसँगै कामको चाप पनि बढेपछि एनआइसी एसिया बैंकलाई कर्मचारी टिकाउन मुस्किल हुन थालेको छ । दैनिक पाँचदेखि २० जनासम्मले राजीनामा दिने र त्यही दरमा नयाँ भर्ना गर्नुपर्ने अवस्था रहेको बैंककै एक अधिकारीले बताए । सोही विषयमा बैंकका सुचना अधिकृत अर्जुन खनियाले भने बोल्न मानेनन् ।

शाखा बढेर के गर्ने, ग्राहक पनि त्यतिकै बढेका छन्, ग्राहक बढेपछि कामको प्रेसर बढ्नु स्वाभाविक हो, बैंक स्रोत भन्छ– धेरै प्रेसर भएर होला, एकै दिन १८–२० जनासम्म पुग्छ । बैंकमा हरेक दिन चार÷पाँच जनाले नछोडेको रेकर्ड कमै रहेको छ ।

आक्रामक बजार विस्तारको रणनीति लिएको एनआइसी एसियाको ग्राहक संख्या १५ लाख भन्दा बढि भइसकेको छ । बैंकले आफ्ना शाखा २८१ पुर्याइसकेको छ । तर कुल ग्राहक संख्या हेर्दा एउटा शाखालाई साढे पाँच हजार भन्दा बढि ग्राहकलाई सेवा दिनुपर्ने बाध्यता छ ।

एनआइसी एसियाका हरेक शाखामा ग्राहको उल्लेख्य भीड देखिनुका साथै कर्मचारीलाई सेवा दिन भ्याइनभ्याईको स्थिति देखिन्छ । कर्मचारी भित्राउन र टिकाउन बैंकले अन्य बैंकका कर्मचारीहरुलाई आकर्षक सुविधा र पोष्ट दिने गरेको छ ।

एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुँगानाले आफ्ना जुनियन एसिस्टेन्ट कर्मचारीलाई अफिसर, सिनियर अफिसर बनाएर एनआइसी एसियाले लगेर आफूहरुलाई समेत समस्यामा पार्ने गरेको बताए ।

Advertisement

Advertisement

Advertisement