विद्युत प्राधिकरण भन्छ– हाम्रो जगेडा तथा सञ्चित कोष अझै २३ अर्ब ५९ करोड ऋणात्मक छ

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो जगेडा तथा सञ्चित कोष अझै २३ अर्ब ५९ करोड ऋणात्मक रहेको बताएको छ । प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार सञ्चित नोक्सानी निकै धेरै देखाएको हो ।

प्राधिकरणले आर्थिक बर्ष २०७२÷७३ मा कोष २६ अर्ब ३३ करोड नोक्सानमा रहेको आर्थिक बर्ष २०७३÷७४ मा २ अब ८४ करोड कम भएको जनाएको हो । प्राधिकरण व्यवस्थापनले सरकारको अनुदानलाई समेत जोडेर नाफाको गलत विवरण देखाएको आरोप लागेपछि पूरानो विवरणलाई पुनः सार्वजनिक गर्दै सञ्चित नोक्सानी कम भएको दावी गरेको हो ।

प्राधिकरणले ठूला उद्योगीहरुलाई सात अर्बभन्दा बढि विद्युत महशुल छुट दिने तयारी गरको कुरा मिडियाहरुमा आएपछि प्राधिकरण व्यवस्थानले त्यसलाई ओझेलमा पार्न पूरानो हिसाव सार्वजनिक गरेको हुनसक्ने अडकल गरिएको छ ।

बिक्रीमा खुद नाफा र चालु सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेकोले सञ्चित नोक्सान कम भएको प्राधिकरणको भनाई छ । यसअघि प्राधिकरणले आर्थिक बर्ष २०७४÷७५ मा एक अर्बभन्दा बढि नाफा गरेको दावी पनि गरेको थियो ।

करिव तीन बर्षअघि विद्युत महशुलमा करिव २० प्रतिशतले वृद्धि भएपछि प्राधिकरणको सञ्चित नोक्सानी कम गर्न केही सहयोग पुगेको हो । प्राधिकरणले विद्युत चुहावटमा कमी आएको जिकिर गरे पनि विद्युतीकरण बढेकाले चुहावटको प्रतिशत कम देखिएको दावी गर्दै आएका छन् । अझै पनि चुहावट २० दशमलव ४५ प्रतिशत रहेको छ ।

प्राधिकरणको शेयर पूँजी एक खर्ब दुई अर्ब ४४ करोड, दीर्घकालीन दायित्व एक खर्ब २० अर्ब ९५ करोड र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत गरी कुल पुँजी तथा दायित्व दुई खर्ब ८४ अर्ब ५७ करोड रहेको छ । अचल सम्पत्तितर्पm स्थिर सम्पत्ति एक खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोड समेत दुई खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालु सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रहेको छ ।

Advertisement

Advertisement

Advertisement