लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटना, तीन जनाको मृत्यु

Advertisement

ओखलढुंगा । समिट एयरका जहाज सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तेञ्जिङ हिलारी विमास्थलमा उक्त जहाज धावनमार्गमा चिप्लिदा दुर्घटना भएको हो।

पर्यटक छाडेर रामेछाप फर्किने क्रममा बिहान ९ः२० मा जहाज चिप्लिएर मनाङ एअर र श्री एयरको हेलिकोप्टरलाई ठक्कर दिएको थियो। ९एन९एनएएच कल साइनको जहाज दुर्घघटना हुँदा समिट एयरका को–पाइलट सुदिप ढुंगाना र नेपाल प्रहरीका असइद्धय रामबहादुर खड्का र रुद्रबहादुर खड्काको मृत्यु भएको हो । रुद्रबहादुरको उपचारका लागि ग्राण्डी अस्पताल पुर्याएर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा समिट एयरकै रविनाथ रोकाय र मनाङ एयरका टिवी गुरुङ घाइते भएका छन् । उनीहरुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ भने एयर होस्टेज र चार यात्रु भने सकुसल रहेको जनाइएको छ। दुर्घटनापछि लागेको आगोले मानवीय क्षति भएको हो । आगोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइसकेको छ । मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ।

Advertisement

Advertisement

Advertisement