यो बुढाबुढीको भलो गर्ने सरकार हो, अबको बजेटबाट वृद्धभत्ता बढ्छ, ढुक्क भए हुन्छः ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी बजेटमा सरकारले वृद्धभत्ता बढाउने बताएका छन्। ज्येष्ठ नागरिक स्वास्थ्य बीमा अभियान र सबै नपालीको बैंक खाता खोल्ने अभियान सुरु गर्दै उनले वर्तमान सरकार बुढाबढीको भलो गर्ने सरकार भएकाले वृद्ध भत्ता बढाउने बताए ।

ओलीले भने, ‘यो बूढाबूढीको भलो चिताउने सरकार हो, सरकारले यसपालिको बजेटमा वृद्धभत्ता बढाउँ ढुक्क भए हुन्छ।’ यद्यपि ओली स्वयम र उनको पार्टीले जारी गरेको घोषणापत्रमा यसअघि नै पाँच हजार रुपियाँका दरले भत्ता बढाउने घोषणा गरेका थिए ।

कार्यक्रममा उनले २०५१ सालमा तत्कालीन एमाले सरकारले वृद्धभत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा धेरै बाँच्ने मनोविज्ञान बढेको तर्क गर्दै भने, ‘पहिला पहिला बूढाबूढी कतिवर्ष पुग्नुभयो ? भन्दा ६८ भन्थे, अब कति बाँचिएला र भन्थे, अहिले हिजोआज वृद्धभत्ता पाउन अब दुई वर्ष बाँकी छ भन्छन्।’

ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको भन्दै कसैले भोकै नाङ्गै बस्नु नपर्ने दावी गरे । उनले अब कसैले पनि मागेर खानुनपर्ने भन्दै मागेर खानुपर्ने अवस्थाका असहायको सहारा सरकार गर्ने बताए ।

कार्यक्रममा ज्येष्ठ नागरिकलाई कार्यक्रममा स्वास्थ्य बीमा कार्ड वितरण गरिनुका साथै प्रधानमन्त्रीका बाबु मोहनप्रसाद र सासू धनमाया शाक्यको बैंक खाता खोलेर सबै नेपालीको बैंक खाता खोल्ने अभियान सुरु गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement