जनता बैंकको ‘सबै नेपालीको बैंक खाता’ अभियान शुरु

Advertisement

काठमाडौं । नेपाल सरकारले शुरु गरेको सबै नेपालीको बैंक खाता अभियानलाई पूर्ण रुपमा सफल पार्नको लागि जनता बैंकले ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको छ । शुन्य मौज्दातमा खाता खोल्न सकिने, खाता खोल्दा १ सय रुपियाँ बैंकको तर्फबाट जम्मा गरिदिने, ६.५ प्रतिशत वार्षिक व्याजदर पाइने बैंकले जनाएको छ ।

साथै, दैनिक मौज्दातमा त्रैमासिक ब्याज भुक्तानी, २ लाख रुपियाँ सम्मको एबिबिएस सेवा निःशुल्क र झंझट रहित सरल रुपमा खाता खोल्न सकिने छ । देशभरी रहेका बैंकको १ सय २८ वटै शाखाबाट यस खाता खोल्न सकिने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement