वेलायतका चर्चित हास्यव्यंग्य कलाकारको स्टेजमै निधन

Advertisement

एजेन्सी । वेलायतका चर्चित हास्यव्यंग्य कलाकार इयान कग्नीटोको निधन भएको छ ।

बिसिस्टरस्थित एक कार्यक्रममा प्रस्तुती गरीरहँदा स्टेजमै गत बिहिबार उनको निधन भएको हो । इयान कग्नीटो प्रस्तुती गरीरहँदा एक्कासी कुर्सीमा बसेका थिए। केही क्षणसम्म नबोलेपछि दर्शकहरु अझ हाँसेका थिए। दर्शकले उनी प्रस्तुती नै दिइरहेको सम्झिरहेका थिए।

तर,पाँच मिनेटसम्म उनी चुपचाप रहेपछि आयोजकले उनको निधन भएको थाहा पाएका थिए । ६० वर्षे कंग्नीटो वेलायतका चर्चित हास्यव्यंग्य कलाकारको रुपमा चिनिन्छन्। सन् १९५८ मा लन्डनमा जन्मिएका उनको वास्तविक नाम भने पल बारबेरी हो।

Advertisement

Advertisement

Advertisement