सबै नेपालीको बैंक खाता खोल्ने अभियानअन्तर्गत सेञ्चुरी बैंकले सुरु गर्यो ‘सेञ्चुरी सबैको खाता’

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सरकारको ‘खोलौं बैंक खाता अभियान’अन्तर्गत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ । शुन्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ ।

साथै २५० रुपियाँमा ५ वर्षको लागि डेबिट कार्ड तथा पहिलो बैंक खाता खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरुप बैंक स्वयमले सय रुपियाँ खातामा जम्मा गरिदिनेछ । सेन्चुरी बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र छ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ९८ शाखा र दुई वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement