पेस्की लिन्छन् तिर्न जान्दैनन् सर्वोच्चका प्रधान न्यायाधीसदेखि कर्मचारीसम्म, पहिलो नम्बरमा पराजुली

Advertisement

काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसहित सर्वोच्च र अन्य अदालतका न्यायाधीश र कर्मचारीले आव २७४।७५ मा एक करोड पाँच लाख पेस्की फर्स्योट नगरेको पाइएको छ ।

१० पदाधिकारी र १६ कर्मचारीलाई वैदेशिक भ्रमणका लागि खर्च शीर्षक फरक पारी तलब खर्च शीर्षकबाट दिएको पेस्की लेखापरीक्षणको अवधिसम्म पनि फर्स्योट नभएको महालेखाले जनाएको छ । प्रधानन्यायाधीश छँदा गोपाल पराजुलीले लिएको ४२ लाख ९० हजार फर्स्योट नगरेका हुन् ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली ४२,९०,०००
सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद घिमिरे २,१४,०००
सर्वोच्चकी न्यायाधीश मीरा खड्का २,३०,६५७
सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई २,६९,८०२
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदी १४,२१,९८१
नवलपुर जिल्ला न्यायाधीश विदुर कोइराला १०,९०,०००
सर्वोच्चका उपरजिस्ट्रार रामप्रसाद पौडेल ९,९६,५००
काठमाडौं जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई ४८,२१७
महोत्तरी जिल्ला न्यायाधीश शिवबहादुर रानाभाट ३५,८३६
सर्वोच्चका सहरजिस्ट्रार विमल पौडेल ७८,०००
सर्वोच्चकी शाखा अधिकृत श्रद्धा रिजाल ६६,०००
उच्च अदालत जुम्ला इजलासका न्यायाधीश चण्डीराज ढकाल ७०,०००
सर्वोच्चका उपरजिस्ट्रार सरोजराज रेग्मी ५४,०००
उच्च अदालत सुर्खेतका रजिस्ट्रार कृष्णप्रसाद पौडेल ५३,८१२
फैसला कार्यान्वयन निर्देशनालयका उपरजिस्ट्रार यज्ञप्रसाद आचार्य ५३,८१२
सर्वोच्चकी शाखा अधिकृत खेमाकुमारी बस्नेत २,०७,३५०
सर्वोच्चका पूर्वसहरजिस्ट्रार सन्देश श्रेष्ठ १४,७९०
सर्वोच्चका सवारी चालक दुर्गा काफ्ले ५०,०००
हेटौंडा उच्च अदालतका न्यायाधीश महेन्द्रनाथ उपाध्याय ३,४४,०००
उच्च अदालत तुलसीपुरका उपरजिस्ट्रार प्रेम खड्का २,८०,०००
उच्च अदालतका जनकपुरका मुख्य न्यायाधीश हरिकुमार पोखरेल ६१,७०८
उच्च अदालत दीपायलका राजकुमार वन २,१४,०००
न्यायपरिषद्का सहरजिस्ट्रार मानबहादुर कार्की १,७२,०००
बारा जिल्ला अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवाली ५०,०००
झापा जिल्ला अदालतका स्रेस्तेदार दुर्गाप्रसाद खनाल ५०,०००
न्यायपरिषद् उपरजिस्ट्रार टेकनाथ गौतम ५०,०००
जम्मा १,०४,६६,४५६

नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement