हिरो मोटरकर्पको फेमिली स्कुटर ‘डेस्टिनी’ नेपाली बजारमा

Advertisement

काठमाडौं । विश्वकै सर्वाधिक ठुलो टु– ह्वीलर निर्माता हिरो मोटरकर्प लिमिटेडले आज मंगलबार आईडल स्टप सिस्टम ‘आईथ्रिएस’ प्रविधिसहितको फेमिली स्कुटर–  ‘डेस्टिनी’ १२५ सार्वजनिक गरेको छ ।

अत्यन्त शक्तिशाली र विशेष गुणहरुले सम्पन्न  ‘डेस्टिनी’ १२५को प्रस्तुतीले कम्पनीले नेपालमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै लेजाने कम्पनीले जनाएको छ । भारतमा विक्री शुरु गरेको केहि महिनामै नेपालमासमेत यस स्कुटरको विक्रीवितरण शुरु हुनाले नेपाली बजारलाई कम्पनीले दिएको उच्च प्राथमिकता स्पष्ट झल्किने कम्पनीले जनाएको छ ।

हिरो मोटरकर्पको यसअघिका तीन वटा स्कुटरहरु– १०० सिसि प्लेजर, ११० सिसिमाईष्ट्रो एज् र ११० सिसि डुयट्, स्कुटर सेग्मेन्टमा बलियो उपस्थितिमा रहेको कम्पनीले जानकारी दिएको छ । यसका अतिरिक्त ‘डेस्टिनी’ १२५ समेत थपिनाले तिव्र गतिमा विस्तार भैरहेको १२५ सिसिको स्कुटर बजारमासमेत आफ्नो उपस्थिति रहेको जनाएको छ ।

डेस्टिनी १२५ को भ्याटसहितको मूल्य २ लाख ६० हजार कायम गरिएको छ । यो स्कुटर बैशाख ४ गतेदेखि देशभर रहेका हिरो मोटरका शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

विक्री शुभारम्भ समारोहमा हिरो मोटरकर्प, ग्लोबल बिजनेस, स्ट्राट्जी एण्ड फर्मेन्स ट्रान्सफर्मेसन प्रमुुख रजत भार्गभले भने– ‘हाम्रो लागि नेपाल एक महत्वपुर्ण विश्वबजार हो । केवल केह वर्षको अन्तरालमा हामिले यहाँ टु ह्वीलरको बजारलार्य आफ्नो पडकमा ल्याउन सफल भएका छौँ र अहिले हामि १०० सिसि र १२५ सिसिको मोटरसाईकल सेग्मेन्टमा अग्रणी स्थानमा छौँ । अबको लक्ष्य भनेको यसलाई व्यापक बनाउनु हो । भारतमा बिक्री खुल्ला गरेसँगै डेस्टिनी १२५ ले धेरैको आकर्षण पाउन सफल भएको यस स्कुटरको भविष्य उज्वल छ ।’

उक्त स्कुटरमा स्टाईल, पावर र प्रविधिमा विशेष संयोजन रहेको यो एकमात्र फेमिली स्कुटर हो, जसमा हिरोको प्रविधिमा आधारित अत्यन्त क्षमतावान् आईथ्रिएस जडान गरिएको कम्पनीले जनाएको छ ।

स्कुटर सेगमेन्टमा पहिलो पटक डेस्टिनि १२५ मा माइलेजको लागि हिरोको आविष्कार आइडल स्टार्ट–स्टप–सिस्टम जडान गरेको छ । यसमा अझ थप विशेषताहरु –डिजिटल एनलग स्पिडोेमिटर, साइड स्ट्याण्ड इन्डिकेटर र सर्भिस ड्यू रिमाइण्डर पनि रहेका छन् ।

बाहिरबाटै इन्धनभर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइलचार्ज गर्ने मिल्ने र बूट लाइट यसमा भएको विशेष सुविधाहरु हुन् । साथै स्कूटरमा भएको टेलिस्कोपिक सस्पेन्सन र एकीकृत ब्रेकिङ्ग प्रणालीले आरामादायि यात्राकोे अनुभूति दिलाउँछ ।

प्रिमियम स्टाइल

परिवारलाई लक्ष्ति यस स्कुटरले कामकाजी युवापुस्तालाई समेत आकर्षित गर्ने लक्ष्य लिएको छ । डेस्टिनि १२५ आधुनिक र प्रिमियम स्कूटरको चाहनालाई पुरागर्न सम्पूर्ण रुपमा स्टाइलमय प्याकहरुले सुसज्जित छ ।

जसमा प्रिमियम बडी, सिग्नेचर टेल लाइट, र विङकर बत्ती, स्टाइलिस काष्ट पाङ्ग्रा , बडी रङ्गको ऐनाहरु र डुयल टोन सिट कभर समाविष्ट छन् । नयाँ डेस्टिनि नोवल रेड, चेस्टनट ब्रोञ्ज, पर्ल ह्वाइट र प्यान्थर ब्ल्याक रंगमा उपलब्ध हुनेछ ।

Advertisement

Advertisement

Advertisement