भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’, टनेल बोरिङ मेशिनले खनिएकाले एक बर्षअघि काम सम्पन्न

Advertisement

सुर्खेत । भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री आफै सुर्खेत आएका छन् । ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको यस आयोजनाको सुरुङ निर्माणको मंगलबार ब्रेक थ्रु गरिएको हो ।

टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा नेपालमा पहिलो पटक सुरुङ खनिएकाले यो आयोजना समयमा सम्पन्न सकेको हो । सुरुङ निर्माणको जिम्मा चिनिया कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज (कोभेक)ले लिएको थियो । कोभेक टिबिएम भित्राएर काम सुरु गरेकाले काम निर्धारित समयभन्दा अगाडि सम्पन्न भएको हो । यो आयोजना अर्को बर्ष सम्पन्न गर्ने लक्ष्य थियो ।

सुरुङ बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेशिन भेरी किनारको चिप्लेमा आइपुगेको छ । ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री ओलीसहित ऊर्जामन्त्री वर्षमान पुन, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, चिनियाँ राजदूत हाउ यान्कीलगायतको उपस्थिति थियो ।

भेरी नदीको पानी सुरुङबाट बबई नदीमा खसालेर बर्दियामा सिँचाइ पुर्याउने उद्देश्यले निर्माण गरिएको यस आयोजनाको सुरुङ ४.२ डायमिटरको १२.२ किलोमिटर लामो रहेको छ । सुरुङबाट भेरीको करिब ४० घनमिटर प्रतिसेकेण्डबराबरको पानी बबईमा मिसाउने लक्ष्य छ । बबईमा ३ सय ३२ घनमिटर प्रतिसेकेण्ड पानी बग्छ । यसमा भेरीको पानी मिसाउँदा बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने र ४६ मेगावाट विद्युत उत्पादन गरेर त्यस क्षेत्रमा वितरण गरिनेछ ।

Advertisement

Advertisement

Advertisement