सबै नेपालीको बैंक खाता अभियानले सेयर बजारमा भारी सुधार, नेप्से २३ अंकले बढ्यो

Advertisement

काठमाडौं । सरकारले अघि बढाएको सबै नेपालीको बैंक खाता अभियानको सकारात्मक प्रभाव विशेषगरी बैंक वित्तीय संस्थाका कम्पनीहरुमा देखिएको छ । सरकारको उक्त अभियानमा सहभागी हुँदै बैंक वित्तीय संस्थाहरुले नयाँ निक्षेप योजना सार्वजनिक गरेको भोलिपल्ट सेयर बजारमा उछाल देखिएको हो ।

आज नेप्से परिसुचक २३ दशमलव ३३ अंकले बढेर एक हजार २१२ कायम भएको छ भने कारोबार बढेर ७४ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ । सबैभन्दा बढि बाणिज्य बैंक समूहको उपसुचक दुई दशमलव ७८ प्रतिशतले बढेको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको यो समूहमा हुने घटबढले समग्र बजारमा ठूलो असर देखिन्छ ।

त्यस्तै, विकास बैंक समूहको उपसुचक एक दशमलव ३५ प्रतिशतले बढेको छ भने वित्त समूहको एक दशमलव ७४ प्रतिशतले, लघुवित्त समूहको दुई दशलमव ४९ प्रतिशतले बढेको छ । बाँकी समूहमा पनि सुधार भएको छ ।

Advertisement

Advertisement

Advertisement