‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ हुँदै

Advertisement

काठमाडौं । खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको सहकार्यमा आगामी जेठ ३ गतेदेखि ५ गतेसम्म विभाग परिसर लैनचौरमा ‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना हुने भएको छ । स्वदेशी रत्न पत्थर तथा खनिजको प्रवद्र्धन गरी आभूषणको निर्यात गर्ने र आयात प्रतिस्थापनमा टेवा पुर्याउने मुख्य उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको विभागले जनाएको छ

नेपालको भूगर्भमा रहेका विभिन्न रत्न पत्थर खनिज एवं नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्ठतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने र रोजगारी सिर्जना एंव राजश्व वृद्धि योगदान पुर्याउने उद्देश्यले एक्स्पो गर्न लागिएको महासंघका अध्यक्ष रमेश महर्जनले बताए ।

एक्स्पोले रत्न पत्थर खनिजको प्रवद्र्धन एंव नेपाली आभूषणलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न र विदेशी उद्यमी व्यवसायीलाई नेपालमा पूँजी तथा प्रविधि निवेश गर्न प्रेत्साहित गर्ने सहयोग गर्ने उनले बताए ।

नेपाल खनिज पदार्थमा निकै धेरै संभावना भए पनि यसको सदुपयोग हुन सकेको छैन् । एक्स्पोले यस्ता बहुमूल्य खनिजको उत्खनन र प्रयोगका लागि प्रोत्साहित गर्ने आयोजकको अपेक्षा छ । यस एक्प्पोमा स्वदेशी र विदेशी गरी ७० वटा कम्पनीहरुको सहभागीता रहनेछ । एक्स्पोमा सम्पूर्ण सार्क राष्ट्रहरु, चीन , थाइल्याण्ड, जापान र युरोपियन राष्ट्रहरुलाई समेत सहभागिताका लागि निम्ता गरिने श्रेष्ठले बताए ।

साथै, एक्स्पोमा सातै प्रदेशका व्यवसायीहरुलाई समावेश गरिने जनाईएको छ । स्टलको ८० हजार लिईने तथा एक्स्पोको प्रवेश शुल्क २०० रुपियाँ लिने भनिएको छ । तर यो महंगो भयो भनेपछि आयोजकले यो शुल्क घटाउन सकिने बतायो ।

Advertisement

Advertisement

Advertisement