अब टिभिएसका बाईक र स्कुटरहरु अनलाइन सपिङ दराजमा पाईने

Advertisement

काठमाडौं । नयाँ वषको अवसरमा टिभिएसका बाईक र स्कुटरहरु अनलाइन सपिङ दराजमा पाईने भएको छ । १० अप्रिलमा जगदम्बा मोटर्स प्रालीका भाईस प्रेसिडेन्ट दिपक अग्रवाल र दराज अनलाईनका व्यवस्थापकीय निर्देशक लिनो एलेरिङ् बिच भएको एउटा सम्झैता अनुसार अब दराज अनलाईनबाट टिभिएसका मोटरसाईकल र स्कुटरहरु खरिद गर्न सकिने भएको हो ।

नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार प्रणालीको विकासमा नेतृत्वदायी भूमिकामा रहेको दराज ग्रुप, दक्षिण एसियाका देशहरु पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ।

नयाँ बर्षको सुरुवातमा ल्याईएको यस अफरमा काठमान्डौंका ग्राहकहरुले दराजबाट कुनै पनि टि भि एसका बाईक वा स्कुटर किन्दा १० हजार रुपियाँको छुट पाउनेछन्। सिमित अवधिको लागि दिईएको छुट पहिलो १०० जना ग्राहकहरुका लागि मात्र लागू हुनेछ।

अनलाईन ब्यापारको माहोल राम्रो बन्दै गएको नेपालमा बाईकहरु पनि अनलाईनबाट किन्न पाउनु नैलो प्रयोग हुनेछ। यसको व्यापकता आउनेदिनहरुले देखाउने अपेक्षा गरिएको छ।

Advertisement

Advertisement

Advertisement