केएल दुगड समूहको नयाँ उत्पादन चनाको सत्तू बजारमा

Advertisement

काठमाडौं । केएल दुगड समूहले गर्मीको समयलाई मध्यनजर गर्दै ज्ञान ब्राण्डको आफ्नो नयाँ उत्पादन चनाको सत्तू देशभर उपलब्ध गराएको छ । हाल यो ५०० ग्रामको प्याकमा उपलब्ध रहेको छ ।

ज्ञान चनाको सत्तू उत्कृष्ट गुणस्तरको चनाबाट अत्याधुनिक मेसिनद्वारा भुटि, पिसि मेटालिक प्याकेटमा प्याक गरिएको हुन्छ । ज्ञान सत्तूलाई पानीमा घोलेर स्वाद अनुसार विरेनून वा साधानून, कागतीको रस, भुटेको जिरा राखी एक प्रकारको इनर्जि ड्रिङ्कको रुपमा सेवन गर्न सकिन्छ वा पानीरदुध सँग घोलेर बाक्लो हलुवाको रुपमा पनि खान सकिन्छ ।

यसबाट विभिन्न स्वादिष्ट मिठाई तयार गर्न सकिन्छ । यो पेट र पाचनको लागी राम्रो आहार हो । गर्मीको मौसममा यसको सेवनले शितलता प्रदान गर्नुका साथै शरिरमा स्फूर्ती प्रदान गर्दछ ।

ज्ञान सत्तू एक स्वच्छ, स्वादिष्ट तथा पौष्टिक आहार हो, जसमा प्रोटिन प्रचूर मात्रामा पाईन्छ । यसमा नून, चिनी तथा कुनै प्रकारका वास्ना वा खाद्य परिरक्षी नमिसाएको जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement