नेपालबाट धागो आयात गर्न बंगलादेश इच्छुक

Advertisement

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मासफी बिन्टे साम्सले नेपाली धागो आयात गर्न इच्छुक रहेको बताएकी छन्। यसका लागि आवश्यक प्रक्रिया मिलाउन दूतावासका तर्फबाट सहयोग गर्ने धारणा उनले राखिन्।

नेपाल–बंगलादेशबीचको द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध विकासका नेपाली सामग्री बंगलादेशमा सहुलियतपूर्ण प्रवेशका लागि सकारात्मक रहेको धारणासमेत उनले व्यक्त गरिन्। दुवै देशबीच सुविधायुक्त व्यापार सम्झौता गर्ने सन्दर्भमा समेत दुवै मुलुक सकारात्मक रहेको र उक्त सम्झौताको मस्यौदा नेपाल सरकारसमक्ष पेस भइसकेको हुँदा निकट भविष्यमा यसबारे निर्णय हुने विश्वास उनले व्यक्त गरिन्।

बंगलादेशका राजदूतलाई नेपाल उद्योग परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले दुवै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका व्यापार, पर्यटन र लगानी अभिवृद्धिमा ठोस योगदान दिन सक्ने बताए। दुई छिमेकी राष्ट्रबीच अपेक्षित मात्रामा व्यापार विस्तार हुन नसकेको उनले बताए। नेपाल र बंगलादेशमा हुने मेला तथा प्रदर्शनीले दुवै मुलुकबीचको व्यापार प्रवद्र्धनमा योगदान पुर्याएको बताउँदै उनले यसमा अझ बढी जोड दिनुपर्ने बताए।

Advertisement

Advertisement

Advertisement