शाश्वत धाममा २५ लाख दर्शनार्थी, हिन्दु मन्दिरमा मुस्लिमलाई स्वागत र सम्मान

Advertisement

काठमाडौं । शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको चौधरी समूहल जनाएको छ । बुधवार बाराको कलैया उपमहानगरपालिकाका आसमहमत अन्सारी शाश्वत धामको २५औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेका थिए ।

‘यति सुन्दर र मनमोहक होला भन्ने मैले साेंचेकै थिइन’ अन्सारीले भने– यहाँ भ्रमण गर्नेहरुको बयान सुनेर परिवारसहित आएको हुँ । आफैले प्रत्यक्ष अवलोकन गरेपछि मलाई यस्तो भव्य स्थान नेपालमा अन्यत्र कही छैन जस्तो लागेको छ ।

उनको परिवारजनसहित अन्य १० जना आगन्तुकलाई शाश्वत धाम ब्यबस्थापनले फुलमाला र दोसल्ला ओडाएर स्वागत गरेको थियो । यहाँ रहेको एकाम्बरेश्वर मन्दिरको भब्य कलात्मक शैलीले आफूहरुलाई लोभ्याएको र बुद्धिष्ट सेन्टरवाट धेरै ज्ञान सिक्न पाएको अनिसा बेगम खातुनले बताइन् । उनले यो हिन्दू मन्दिर भए पनि आफनो पनि उत्तिकै श्रद्धा रहेको बताईन् ।

बुधवार २५औँ लाख आगन्तुकका रुपमा शाश्वतधाम प्रबेश गरेका अन्सारीसहित १० जना आयुवम अन्सारी, राजकुमारी अन्सारी, हिमराम अन्सारी, टिकाराम बस्याल, कमला बस्याल विष्णु चापागाई, हिरा चापागाई, तिर्थ लामा र करुणालाई विशेष सम्मान गरिएको थियो । शाश्वत धाममा २५ लाख दर्शनार्थी पुगेको उपलक्ष्यमा बुधबार यहाँ आएका सबै दर्शनार्थीका लागि स्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको थियो ।

यहाँको वातावरण, सरसफाइ, बगैचाले आफूलाई लोभ्याएको टिकाराम बस्यालले बताए ।
पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातीको समयमा यो मन्दिर पानीमा अडिएको भान हुने जनाइएको छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन्। यस्को भब्य कलात्मक शैलीले सबैलाई लोभ्याउदै आएको छ ।

नयाँ बर्षका अबसरमा यहा“ पुजाआजा गर्नेको भिड लागेको थियो । हिन्दू धर्मका मुख्यमुख्य देवी देउताको एउटै थलोमा दर्शन गर्न पाइने यो मन्दिरको फरक बिषेशता रहेको चौधरी समूहको भनाई छ ।

भब्य र आर्कषक मन्दिर निर्माण गर्न भारतीय पा“च दर्जन बढि कालिगढलाई १४ वर्ष समय लागेको थियो । महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको दुम्कौलीमा करिब ८० बिगाह क्ष्ँेत्रफलमा फैलिएको डलर अर्बपति बिनोद चौधरीको सिजी इन्डस्ट्रियल पार्क रहेको छ । त्यसैको दक्षिणी हातामा चौधरीले शाश्वत धामको निर्माण गरेका छन् । कलात्मक र सुन्दरताका कारण यो मन्दिरमा सबै धर्माबलम्बिहरुको आर्कषणको केन्द्र बनेको छ ।

मन्दिर परिसरमा बैदिककर्मकाण्ड गुरुकुल पनि संचालनमा छ । यहा“ ७२ बिद्यँर्थीले निशुल्क संस्कृत अध्ययन गर्दै आएका छन् । यहा“ आकर्षक बुद्धिष्ट सेन्टर पनि स्थापना गरिएको छ, जहा“ बुद्ध धर्मसम्वन्धी विशेष जानकारीहरू पाउन सकिने समूहको भनाई छ ।

Advertisement

Advertisement

Advertisement