नासाले अन्तरिक्षमा प्रक्षेपण गर्यो नेपालको झण्डासहितको स्याटेलाइट

Advertisement

अमेरिका । नेपालको पहिलो नेपाली स्याट १ नामक भू उपग्रह (स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटेलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ।

उक्त स्याटलाइट जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली वैज्ञानिकद्धय आभाष मास्के र हरिराम श्रेष्ठले निर्माण गरेका हुन। स्याटेलाइट जापानको बर्ड ३ परियोजनाले निर्माण गरिएको उल्लेख छ। स्याटेलाइटमा नेपाली झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगो सहित आभाष र हरि लेखिएको छ। यो स्याटलाइट अन्तरिक्षमा पुगेर एक महिना रहेपछि नेपाली आकासमा फर्काइने उल्लेख छ। त्यही स्याटेलाइट नेपालको पहिलो स्याटलाइट हुनेछ। अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपण गर्दा अमेरिकामा नासाले प्रत्यक्ष प्रसारण गरेको थियो।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement