राजविराजस्थित मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

Advertisement

काठमाडौं । सप्तरीको राजविराजस्थित मापलपोत कार्यालय परिसरमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टरसञ्चालनमा आएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले बुधबार उक्त एक्स्टेन्सन काउन्टरको उदघाटन गरे ।

एक्स्टेन्सन काउन्टरले मालपोत कार्यालयको कामको सिलसिलामा मालपोत कार्यालय राजविराजमा आउने सेवाग्राहीहरुलाई बैंकिङ सेवा दिन थालेको बैंकले जनाएको छ । कामको सिलसिलामा मालपोत कार्यालय राजविराजमा आउनेहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको दावी छ ।

Advertisement

Advertisement

Advertisement