सुनको मूल्य लगातार घट्दै, तोलामा दुई सय कम

Advertisement

काठमाडौं । सुनको मूल्य लगातार घट्दै छ । साताको पाँचौँ दिन आज बिहीबार पनि दुई सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५९ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले घटेर ५९ हजार एक सय रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ६७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ४१५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर सात सय २५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २५ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement