रसुवागढी र साञ्जेनको डेढ अर्बको आईपीओमा आवेदन खुल्यो, एक हजार रुपियाँदेखि आवेदन गर्न पाईने

Advertisement

काठमाडौं । 'जनताको जलविद्युत'मा समेटिएका रसुवागढी हाईड्रोपावर र साञ्जेन जलविद्युत् कम्पनीले डेढ अर्बको साधारण शेयर (आईपीओ) मा आज शुक्रबार (बैशाख ६) गतेदेखि आवेदन खुला गरेको छ । दुबै कम्पनीको शेयरमा लगानीकर्ताले एक हजार रुपियाँदेखि नै आवेदन गर्न पाउने छन्। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार दुबैको सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था कायम भएको हो।

रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याइएर ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । यसैगरि साञ्जेन कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको छ।

दुबै कम्पनीको शेयरमा मेरोशेयर तथा लगानीकर्ताको बैंक खाता रहेको सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ । कम्पनीको करिब एक अर्ब ५० करोडको शेयर सर्वसाधारणमा निष्काशन हुन लागेको हो।

‘जनताको जलविदुत कार्यक्रम’ मा समेटिएपनि दुबै आयोजनाहरुको भौतिक प्रगति ५० प्रतिशत बढी सम्पन्न भैसकेकाले लगानीकर्ताले प्रतिशेयर १०० रुपियाँ दरले नै खरिद गर्नुपर्नेछ।

Advertisement

Advertisement

Advertisement