सन्दिपलाई नखेलाउँदा हार्यो दिल्लीले

Advertisement

काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल)को बिहीबार राति भएको खेलमा नेपालका लेग स्पीनर सन्दीप लामिछानेलाई मैदानमा नउतारेर दिल्ली क्यापिटलले हार व्यहोरेको छ । दिल्लीले आफ्नै मैदान अवे मैदानमा बिहीबार मुम्बई इन्डियन्ससँग ४० रनले पराजित भएको हो ।

दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको खेलमा मुम्बईले टस जितेर पहहिले ब्याटिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनायो । १६९ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सक्यो ।

दिल्लीले यस सिजनका ९ खेल खेल्दा सन्दीपलाई ४ खेलमा मात्रै खेलाएको छ । आइतबार मुम्बईविरुद्धको खेलमा सन्दीपलाई उतार्ने आशा गरिएको थियो । कोट्ला मैदान स्पीनरहरु चल्ने मैदान मानिन्छ । स्पीनर मैत्री मैदानमा सन्दीपलाई नउतार्नु दिल्लीको कमजोरी बन्यो । मुम्बईविरुद्धको खेलमा दिल्लीले अक्सर पटेल र अमित मिश्रा दुई जना स्पीनरलाई मात्रै टोलीमा समावेश गरेको थियो । दुवै स्पीनरले उत्कृष्ट बलिङ गरे ।

पटेलले ४ ओभर बलिङ गर्दा जम्मा १७ रन दिएर १ विकेट लिए भने मिश्राले पनि ३ ओभरमा १८ रन मात्रै दिएर १ विकेट लिए । सन्दीपको सट्टामा खेलाइएका वेस्ट इन्डिजका किमो पउल र दक्षिण अफ्रिकाका क्रिस मोरिस थिए । पउलले ३ ओभरमा ३७ रन र मोरिसले पनि ३ ओभरमा ३९ रन दिए र कुनै विकेट लिन सकेनन्। ब्याटिङतर्फ मोरिसले ९ बलमा ११ रन बनाए पनि पउल शुन्य रनमै रन आउट भए ।

उता मुम्बईले भने दिल्लीको इङिन ध्वस्त बनाउन तीन स्पीनरको प्रयोग गर्यो । राहुल चहर, जयन्त यादव, क्रुनल पाण्डे दिल्लीविरुद्ध हावी भए फास्ट बलर मालिंगा सबैभन्दा महंगो सावित भए । दिल्लीका लागि शिखर धावनले बनाएको ३५ रन नै सबैभन्दा उच्च स्कोर बन्यो । कोलिन मुन्रो र कप्तान श्रेयस अयर ३–३ रनमा आउट हुँदा अर्का विस्फोटक ब्याट्सम्यान रिसब पन्त ७ रन बनाएर पेभिलियन फर्किए । ओपनर पृथ्वी शाले २० रन र अलराउण्डर अक्सर पटेलले २६ रनको योगदान गरे ।

दिल्लीका समर्थकहरुले कोट्ला मैदानमा स्पीनर सन्दीप लामिछानेलाई टोलीमा समावेश नगर्नु मुर्खता भएको भनि सामाजिक सञ्जालमा आलोचना गरेका थिए । दिल्लीले शनिबार कोट्ला मैदानमै पञ्जाबको सामाना गर्दैछ । यसमा सन्दीप अन्तिम ११ मा पर्ने सम्भावना देखिएको छ । हारपछि दिल्ली अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । मुम्बई दोस्रो स्थानमा उक्लिएको छ । मुम्बइको १२ र दिल्लीको १० अंक छ ।

Advertisement

Advertisement

Advertisement