राष्ट्रिय वाणिज्य बैंकको बिजनेस मिट–२०७६ कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘बिजनेस मिट–२०७६’ सम्पन्न गरेको छ । बैंकले निक्षेप बृद्धिमा फोकस गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरेको हो ।

बैंकको रणनीति तय गर्न निक्षेपको दृष्टिकोणले बढि निक्षेप सङ्कलन भएका देशभरका ४६ वटा शाखा कार्यालयका शाखा प्रवन्धकहरु सम्मिलित भई काठमाडौंको दरबारमार्गमा बिहिबार सम्पन्न भएको थियो ।

सो कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ बजारमा बैंकको निक्षेप बृद्धि, आधुनिक इलेक्ट्रोनिक बैंकिङ उपकरण, गैर कोषमा आधारित व्यवसाय बृद्धिका लागि व्यापक रुपमा छलफल भई रणनीति तय गरिएको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गर्दै बजारमा राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय, नेटवर्थ, कार्यसंजाल ठूलो भएको हुंदा निक्षेप बृद्धिका विविध रणनीति अपनाउंदै व्यवसाय बृद्धि गर्न शाखा प्रवन्धकहरुलाई निर्देशन दिए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु केशसबप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरुहरु लगायतको उपस्थिती रहेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

बैंकको हाल ७७ जिल्लामा २१८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Advertisement

Advertisement

Advertisement