टाटा मोटर्सको काठमाडौंमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सञ्चालन

Advertisement

काठमाडौं । टाटा मोटर्स नेपालले काठमाडौंमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ संचालन गरेको छ । कम्पनीले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा संलग्न प्राविधिकहरुको ज्ञान र सीपको पहिचान र कदर गर्ने उद्देश्यका साथ म्याकलुब्रिकेन्ट्सको सहकार्यमा आयोजना गरेको हो ।

उक्त कार्यक्रममा अप्रिल ११ र १२ मा सञ्चालन भएको थियो । सार्कस्तरीय उक्त प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशकादुवै समुहमा ३–३) सहभागी भएका थिए । सेवा सल्लाहकार तर्फ नेपालका उज्जवल परियार प्रथम भएका थिए भने नेपालकै राजाराम केसी दोस्रो भएका थिए । तेस्रो पुरस्कार भने बंगलादेशका अब्दुलमलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा ग्रहण गरेका थिए ।

त्यसैगरी, प्राविधिकवर्गमा नेपालका डेम बहादुर लामा प्रथम हुन सफल भए भने श्रीलंकाका धनुसका कुमारा दोस्रा र बंगलादेशका आलाम्गीर हुसैन तेस्रो भएका थिए । पुरस्कार वितरण कार्यक्रम काठमाडौंको होटल याक एण्ड यतिमा भएको थियो । दुवै बर्गका पुरस्कार विजेता तीन–तीनजना प्रतियोगीले भारतको पुणेमाहुने विश्वस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् ।

सार्कस्तरीय प्रतियोगिताहुनु भन्दा अघि नेपालको प्रतिनिधि छनोटको लागि २५० सहभागीहरु मध्ये विभिन्न तीन चरणको छनोट प्रतियोगिता पार गरि तीनजना प्राविधिक सार्क राउण्डमा सहभागीहुन योग्य भएका थिए ।

त्यसैगरी ५४ जना सेवा सल्लाहकार सहभागीहरु मध्ये अन्तिम तीनको छनोट भएको थियो । दुवै बर्गको छनोट गर्ने सिलसिलामा लिखित जाँच, अन्तर्वार्ता, गाडीको प्राविधिक त्रुटीको पहिचान लगायत विभिन्न ५ विधिको अवलम्बन गरिएको थियो। कार्यक्रमको आयोजना टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement