बिष्णु पौडेल भन्छन्– बर्दघाटको श्रीमतीको नामको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा किन्या हो

Advertisement

काठमाडौं । नेकपाका महासचिव बिष्णु पौडेलले बालुवाटारको जग्गा नवलपरासीस्थित बर्दघाटमा श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा आठ आना जग्गा किनेको जिकिर गरेका छन् ।

उनले शुक्रबार बिज्ञप्ति जारी गर्दै आफूले उक्त जग्गा उमा ढकाल र माधवी सुवेदीबाट किनेको र मालपोत कार्यालयमा उक्त जग्गा किनबेच गर्न मिल्ने भएअनुसार छोरा नविन पौडेलको नाममा उक्त जग्गा किनेको बताएका छन् ।

पौडेलले जग्गा किन्दा आफू कुनै पनि मन्त्री, साँसद नरहेको, आफू संविधानसभा सदस्य तथा मन्त्री भएपछि सम्पत्ति बिबरण बुझाउँदै आएको बताएका छन् । उनले आफूले कुनै गलत तरिकाले भूमाफियाहरुसँग मिलेर जग्गा नकिनेको र गलत उद्देश्य नरहेको भन्दै यसको छानविन गर्न माग गरेका छन् ।

पौडेलले जारी गरेको विज्ञप्ति यस्तो छः

bishnu-poudel

Advertisement

Advertisement

Advertisement