ग्रीन डेभलपमेन्ट बैंकको नयाँ शाखा पोखराको बागमारामा

Advertisement

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका वडा न.-३३ बागमारा पोखरामा शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले उक्त साखा उद्घाटन गरेका हुन् । घरमा रहेको पैसा बैंकमा जम्मा गर्दा रकम सुरक्षित हुने, उत्पादनशील क्षेत्रमा बैक मार्फत उपयोग हुने तथा ब्याज समेत आर्जन हुने भएकोले बैकमा रकम जम्मा गर्ने बानी बसाल्न मेयर जि.सीले सबैमा आग्रह गरे ।

बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य ,वडा न.-३३ का वडा सदस्य दिपक लामिछाने, सरस्वती टिका बहुमुखी क्याम्पसका ब्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पौडेल, बैङ्कका संचालक श्यामप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

बैंकले केन्द्रिय कार्यालय बाग्लुङ्गबाट पोखरा महानगरपालिका वडा न.८ सभागृहचोकमा स्थानान्तरण गर्न लागेको छ भने बैकको शाखा संख्या ९ पुगेको छ । बैंकले विभिन्न वचत एवं मुद्धति खाताहरुमा आर्कषक ब्याजदर प्रदान गरेको तथा सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।

बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्नवर्ग कर्जा समेत प्रवाह गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए ।

Advertisement

Advertisement

Advertisement