माछापुच्छ्रे बैंक ४५ प्रतिशतको नाफामा, बैंकको निक्षेपमा ५ अर्बको वृद्धि

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १२४ करोड रुपियाँ मुनाफा कमाएको छ । बैंकको गत आवको यसै अवधिको परिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८५ करोड ४० लाख रुपियाँ रहेको थियो । बैंकले यो आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब २४ करोड ८ लाख रुपियाँ खुद मुनाफा कमाएको हो ।

पुस मसान्तसम्म बैंकको खुद नाफा ७८ करोड १३ लाख रहेकोमा तीन महिनाको अवधिमा ४५ करोड ९४ लाख रुपियाँले नाफा बढाएर उक्त आकारमा पुर्याएको हो । बैंकको यो नाफा अघिल्लो वर्षको चैत मसान्तसम्मको नाफाभन्दा ४५.२९ प्रतिशत बढी हो । अघिल्लो वर्ष चैतसम्म बैंकले ८५ करोड ४० लाख मात्रै नाफा कमाएको थियो ।

नाफामा उत्साहजनक वृद्धि गरेको बैंकको निक्षेप ५ अर्बले बढाएको छ । ग्राहकबाट संकलित निक्षेप, अन्तरबैंक सापटी र रिपोमार्फत् करिब ९० अर्ब रुपिया संकलन गरेको बैंकले ग्राहकबाट भने ८१ अर्ब निक्षेप उठाएको वित्तीय विवरणमा उल्लेख गरेको छ । यसअघि सबै प्रकारका निक्षेपहरुको जोडेर देखाउने गरीएकोमा बैंकको परिष्कृत रिपोर्टमा त्यसलाई छुट्टाछुट्टै देखाएको हो ।

यद्यपि ७ अर्ब ३० करोड अन्तरबैंक सापटी लिएको बैंकले २ अर्ब ३२ करोड सापटी अन्य बैंकहरुलाई दिएको छ । ७४ अर्ब ९८ करोड रुपियाँ भने ग्राहकहरुमा कर्जा प्रवाह गरेको छ । पुसमा बैंकको जम्मा कर्जा प्रवाह ७४ अर्ब ६५ करोड थियो ।

बैंकको आधार ब्याजदर पुस अन्तिममा १०.९९ रहेकोमा चैत अन्तिममा १०.५२, कस्ट अफ फण्ड पुसमा ७.९८ रहेकोमा चैतमा ७.९६, सीसीडी अनुपात पुसमा ७७.६४ प्रतिचशत रहेकोमा चैतमा ७७.३६ रहेको छ । पुसको तुलनामा चैतमा पुँजी पर्याप्तता अनुपात १२.८३ बाट १२.६३ मा झरेको छ ।

गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा ०.३५ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.४८ प्रतिशतमा बढेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपियाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात ११.६३ गुणा रहेको छ।

Advertisement

Advertisement

Advertisement