नेपाल एग्रो लघुवित्तको आईपिओमा आवेदन खुल्यो

Advertisement

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले बैशाख ८ गते आइतबारदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन साधारण शेयर (आईपिओ) बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ४ करोड ९७ लाख रुपियाँ बराबरको ३२.५० प्रतिशत बराबरको पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो।

पोखरामा केन्द्रीय कार्यालय रहेको उक्त लघुवित्तले एक सय रुपियाँ अंकित दरमा एक करोड ६१ लाख ७७ हजार ८०० रुपियाँ बराबरको एक लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गरेको हो।

उक्त शेयरको आवेदन आइतबार बैंकिङ समयपछि सुरु भई छिटोमा बुधबार बैंकिङ समयसम्म कायम रहनेछ । उक्त शेयर १० कित्ता देखि ८०० कित्तासम्म भर्न सकिन्छ । तर १५ हजार १२० जनाले मात्र उक्त शेयर पाउनसक्ने र आवेदक संख्या धेरै हुने सम्भावना भएकोले सो शेयर १० कित्ताभन्दा बढी कसैले पाउने सम्भावना छैन ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ । नेपाल एग्रो लघुवित्तलाई आईपिओ निष्काशन गर्ने धितोपत्र बोर्डले चैत १८ गते अनुमति दिएको थियो।

Advertisement

Advertisement

Advertisement