मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटनाः २ जनाको मृत्यु, २५ घाइते

Advertisement

काठमाडौं । काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस आइतबार धादिङमा दुर्घटना भएको छ । बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङकोटमा दुर्घटना भएको हो ।

बस घुम्तिबाट २५ मिटर तल खसेको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।

२५ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको इन्चार्ज ढुंगेलले बताए । बसमा कतिजना यात्रु थिए भन्ने एकिन भएको छैन ।

Advertisement

Advertisement

Advertisement