श्रीलंकमा भएको श्रृखलावद्ध विस्फोटका घटनामा मृत्यु हुनेको संख्या १३८ पुग्यो (अपडेट)

Advertisement

कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोमा आइतबार भएको विस्फोटमा परी मर्नेको संख्या १३८ पुगेको छ । यहाँका प्रतिष्ठित होटल एवं चर्चमा भएको शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १३८ पुगेको प्रहरीले जनाएको हो ।

बिस्फोटमा परी घाइते हुनेको संख्या पाँचसय भन्दा बढि रहेकोले मर्नेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । सेन्ट एन्थोनी चर्च र सेन्ट सेबास्टियन चर्चमा भएको विस्फोटको केही समयपछि तीनवटा नाम चलेका होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा विस्फोट भएका थिए । विस्फोटका घटना हेर्दा इसाई धर्म तथा धर्मावलम्बीलक्षित देखिन्छ । त्यस्तै, श्रीलंकाको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट गराइएको समाचार छ ।

श्रीलंकमा बहुसंख्यक बौद्धमार्गीको बसोबास छ भने हिन्दु पनि निकै रहेको छन् । त्यस्तै, करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिसको पनि बसोबार रहेको जनाइएको छ । इसाईहरु इस्टर पर्व मनाइरहेको बेला विस्फोटका घटनाहरु भएका हुन् । यी घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन् ।

Advertisement

Advertisement

Advertisement