मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौंको ढुङ्गेअड्डामा

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौंको ढुङ्गाअड्डामा संचालनमा आएको छ ।

शाखाको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । सो क्रममा उनले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताए ।

Advertisement

Advertisement

Advertisement