नेप्से ३१ अंकले बढ्दा एक अर्बभन्दा बढिको कारोबार, बाणिज्य बैंक समूहको सेयर हरियै

Advertisement

काठमाडौं । सातको पहिलो दिन आइतबार सेयर बजारमा उच्च दरको सुधार देखिएको छ । आज सेयर बजार परिसुचक नेप्से ३१ दशमलव ८९ अंकले बढेर एक हजार २६४ कायम भएको छ भने एक अर्ब दुई करोड रुपियाँको कारोबार भएको छ ।

बाणिज्य बैंकहरुको सेयरमा उच्च दरले बढ्दा नेप्सेमा व्यापक सुधार भएको हो । यो समूहको उपसुचक मात्रै चार दशमलव एक प्रतिशतले बढेको छ भने निर्जीवन र उत्पादनमूलक समूहबाहेक बाँकी समूहका सेयरहरुमा पनि सामान्य सुधार देखिएको छ ।

लामो समयदेखि लगातारजसो घट्दै आएको बजार सुधार हुँदा लगानीकर्तामा खुशीयाली पनि छाएको छ । आज नेपाल बैंक एक्लैको १४ करोड ८० लाख रुपियाँको सेयर किनबेच भएको छ । धेरै कारोबार गर्नेमा आज अधिकांश बाणिज्य बैंक नै छन् ।

Advertisement

Advertisement

Advertisement