सेञ्चुरी बैंकको आफ्नै क्यापिटल मार्केट्स सञ्चालनमा

Advertisement

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स औपचारिक रुपमा सञ्चालनमा आएको छ । बैशाख ६ गते शुक्रबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले क्यापिटल मार्केट्सको उद्घाटन गरेका हुन्।

कम्पनीको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड र हालको चुक्ता पूँजी २० करोड रहेको छ । चुक्ता पूँजी मध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंकको ८५.७५ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको १४.२५ प्रतिशत संस्थापक शेयर रहेको छ।

मार्केट्को उद्घाटनका क्रममा अध्यक्ष कार्कीले अहिले ३१ औं मर्चेन्ट बैंकरको रुपमा सेञ्चुरी क्यापिटल आएकोले थुप्रै प्रतिस्पर्धा, चुनौतीहरु अगाडि रहेको बताए। यस्तै तालिम प्राप्त योग्य कर्मचारी, पर्याप्त अनुसन्धान सहित धितोपत्र बोर्डले ल्याएका नयाँ क्षेत्रका कामहरुलाई अवसरको रुपमा लिई अघि बढ्न उनले सुझाव दिए।

समारोहमा सेञ्चुरी कमर्सियल बैंक प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मर्चेन्ट बैंक एशोसिएशनका अध्यक्ष ध्रुब तिमिल्सिनाले सबै अवसरहरुलाई सकारात्मक रुपमा लिएर चाँडै उत्कृष्ट मर्चेन्ट बैंकरको रुपमा स्थापित हुने गरी काम गर्न आग्रह गरे।

यस्तै सेञ्चुरी क्यापिटल मार्केट्सले आफ्नो दोश्रो बार्षिक साधारण सभा पनि शुक्रबार नै सम्पन्न गरेको छ । सभाले संस्थागत परामर्श सेवा तथा विशिष्टिकृत लगानी व्यवस्थापक समेतको काम गर्ने गरी आफ्नो प्रबन्धपत्रमा उद्देश्य थप गर्ने निर्णय गरेको छ ।

Advertisement

Advertisement

Advertisement