विमानस्थलमा सुन तस्करी जारी, डेढ किलो बरामद

Advertisement

काठमाडौं । त्रिभुवन विमानस्थलमा फेरि डेढ किलो अवैध सुन बरामद भएको छ । कडा सुरक्षा जाँच छलेर सुन तस्करी हुने यस विमानस्थलमा सुन तस्करीका घटनाको समाचार पछिल्लो समयमा केही कम आउने गरेकोमा आज फेरि प्रहरीले डेढ किलो फेला पारेको हो ।

प्रहरीले अवैध सुनसहित चार जना विदेशीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना कम्बोडियन र दुई थाई छन् । उनीहरु सबै महिना हुन् । थाई एयरबाट नेपाल आएका उनीहरुले ६ वटा चुरा र ३ पिस बिस्कुट आकारमा पाखुरामा लुकाएर ल्याएको अवस्थामा नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement