विरगन्ज । अग्नि गु्रपले हालै गन्डक, विरगञ्जमा महिन्द्रा ट्राक्टरहरुको लागि शोरुम तथा सर्भिस सेन्टरको स्थापाना गरेको छ । यो सुविधा सम्पन्न शोरुम अग्निको आधिकारिक शोरुमका रुपमा रहने कम्पनीले जनाएको छ ।
यस शोरुमको समुद्घाटन अग्नि ग्रुपमा कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा तथा विरगन्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले सामुहिक रुपमा गरेकी थिईन् । शोरुम समुद्घाटन समारोहमा सरकारी तथा स्थानीय व्यक्तिहरुको उल्लेख्य रुपमा उपस्थिति समेत रहेको थियो ।
समुद्घाटन समारोहमा कम्पनीका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले आगामी कार्यक्रम“महिन्द्रा समृद्धि”को घोषणा पनि गरेका थिए । यो कार्यक्रम महिन्द्राले चाँडैनै ल्याउन लागेको नवीन कृषि कार्यक्रम हो । यसले किसानको उत्पादनमा वृद्धि, जीवनमा समृद्धि ल्याउने छ । यसै सिलसिलामा महिन्द्रा समृद्धिको व्यानर पनि समुद्घाटन गरिएको थियो । यस अन्तर्गत अप्रिल महिनाका ५ नयाँ ग्राहकहरुलाई सम्मानित पनि गरिएको थियो । समुद्घाटन समारोह पछि ३ दिन सम्मनिःशुल्क सर्भिस क्याम तथा निःशुल्क स्वास्थ्य परीक्षण पनिगरिने जारी विज्ञप्तीमा उल्लेख छ ।
अग्नि ग्रुपका शाखा प्रमुख प्रमोद कुमार क्षत्रीका अनुसार शोरुमबाट ग्राहकहरुले महिन्द्राका जेन्यून स्पेयर पार्ट प्राप्त गर्नुका साथै बिक्री पछिको सेवा पाउने कुरा उल्लेख गर्नुका साथै यस शोरुममा महिन्द्राका युभराज२१५, जीभो२४५, एनबीपी२७५, एनएसटी५७५, युभो, नोभो आदिको विक्री, सर्भिस तथा स्पेयर पार्ट सहजै प्राप्त हुने जानकारी दिईएको छ ।
शाखाको शुभारम्भ पछि विरगन्ज क्षेत्रका ग्राहकहरुले सर्व सुलभ एवं सहज तरिकाबाट कम्पनीको गुणस्तरीय सेवा पाउन सकिनेछ । साथै कम्पनीले चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयर पार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहँदैआएको छ । साथै, कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास कम्पनीले लिएको छ ।