सिटी एक्सप्रेस मनी ट्रान्सफरले बेलायतबाट रेमिट्यान्स् भित्र्याउने

Advertisement

काडमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले बेलायत (यू.के)बाट रेमिट्यान्स् भित्र्याउने भएको छ । मनी ट्रान्सफरको औपचारीक उद्घाटन समारोह बैशाख ८ गते यू.केको रेडीङ स्थित कार्यालयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा युकेका लागी नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदी प्रमुख अतिथिका रुपमा रहेका थिए ।

साथै, एनआरएन यू.केका अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेक बहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोलराज शर्मा , सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यूके लिमिटेडका प्रबन्ध निर्देशक करमबहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यू.के भर आफ्ना प्रतिनिधि मार्फत पनि दिने योजना बताएको छ । साथै, छिट्टै नै यूके बाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १२ बर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै नेपालको सात हजार भन्दा बढि एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement