ग्लोबल आईएमई लघुवित्त २५६ प्रतिशतको नाफामा

Advertisement

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त संस्था लिमिटडले तेस्रो त्रैमासमा खुद नाफामा ४ करोड ८ लाख रुपियाँ आर्जन गरेको छ, गत आवको सोहि अवधिमा मुनाफा १ करोड १४ लाख रुपियाँ आर्जन गरेको थियो । जुन गत वर्षको सोहिअवधिको तुलनामा २५५ दशमलव ७३ प्रतिशतको वृद्धि गरेको हो ।

यस त्रैमासमा लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य रुपमा बढेको देखिन्छ। ११ करोड ४ लाख रुपियाँ चुक्ता पुँजी भएको ग्लोबल आईएमई लघुवित्तले जगेडामा ५ करोड ५९ लाख रुपियाँ छुटाएको छ ।

लघुवित्तले निक्षेपमा ७१ करोड २९ लाख रुपियाँ संकलन गरेको छ भने कर्जामा २ अर्ब ८३ करोड ८२ लाख रुपियाँ लगानी गरेको छ । जसले कर्जामा २२२ दशमलव ५ प्रतिशतले वृद्धि गरेको हो । यस कम्पनीले कर्जामा अत्याधिक वृद्धि गरेको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी १४३ दशमलव ५८ प्रतिशतले बढेर ९ करोड ५० लाख रुपियाँ पुगेको छ त्यस्तै संचालन मुनाफामा २३३ दशमलव ३३ प्रतिशतले बढेर ६ करोड ६ लाख रुपियाँ पुगेको छ ।

ग्लोबल आईएमई लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ४७ प्रतिशत, जोखिम युक्त सम्पत्ति ९ दशमलव ०३ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ४९ दशमलव २८ रुपियाँ, मुल्य आम्दानीको अनुपात २० दशमलव ५४ गुणा, प्रतिशेयर नेटवर्थ १५० दशमलव ११ रुपियाँ र तरलता अनुपात ११ दशमलव ६५ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement