यामाहाको महा एक्स्चेन्ज मेला शुरु, नयाँ बाइक खरिदमा १ लाखसम्मको छुट

Advertisement

काठमाडौं । यामाहा बाइक तथा स्कुटरको नेपालका लागि आधिकारीक वितरक एमएडब्ल्यूले यामाहा महा एक्स्चेन्ज मेला आयोजना गरेको छ । महा एक्सचेन्ज मेलाको उद्धाटन मिस नेपाल शृङ्खला खतिवडाले गरेकिछिन् ।

आजबाट भृकुटीमन्डपमा शुरु भएको मेला बैशाख १४ गतेसम्म चल्नेछ । कम्पनीले हालै मात्र नेपाली बजारमा ल्याएको एफजेड भी ३ मेलाको आर्कषण रहने छ । कम्पनीले सो बाइकको मूल्य ३ लाख १० हजार तोकेको छ ।

महा एक्सचेन्ज मेलामा ग्राहकले बाइक तथा स्कुटर खरिद गर्दा १ लाखसम्मको नगद छुटका साथै पुरानो बाइक तथा स्कुटरको बजार मूल्य भन्दा २५ हजार थप मुल्याङ्कन दिने कम्पनीले जानकारी दिएको छ ।

महा एक्सचेन्ज मेलामा ग्राहकले कुनैपनि कम्पनीका जनुसुकै बाइक तथा स्कुटरसँग यामाहाका कुनैपनि बाइक तथा स्कुटरसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

मेलामा बाइक तथा स्कुटर टेष्ट ड्राइभ गरेर आर्कषक गिफ्ट समेत जित्न सकिने कम्पनीले बताएको छ । उक्त मेलामा यामाहाका बाइक तथा स्कुटर उपलब्ध छन् ।

Advertisement

Advertisement

Advertisement