जोमसोममा सञ्चालन गरिएको अनलाइन मौसम मापन केन्द्रको अध्ययन प्रतिवेदन उर्जा मन्त्रालयलाई

Advertisement

काठमाडौं । बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाइन मौसम मापन केन्द्र, उन्नत वायु तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकास सम्बन्धी अध्ययन प्रतिवेदन उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई सोमबार हस्तान्तरण गरेको छ ।

बुद्ध पावर कम्पनीले पछिल्लो दुई वर्षमा पहिलो व्यवसायीक मौसम मापन स्थल (केन्द्र) पहिलो उन्नत वायु तथा सौर्य उर्जा स्थल (केन्द्र) विकास गरी मुस्ताङमा सञ्चालन गरेको हो । मौसम मापन स्थलले मुस्ताङ उपत्यकाको मौसमसम्बन्धी जानकारी हरेक १० मिनेटमा अनलाइनमार्फत दिने जनाइएको छ ।

मौसम मापन स्थल र उन्नत वायू तथा सौय (केन्द्र) मुस्ताङ जिल्लाको जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको उन्नत वायू तथा सौय केन्द्रले प्रहरी कार्यालयलाई प्रशस्त पुग्ने विजुली उत्पादन गरिरहेको र हालसम्म कुनै समस्या नआएको जनाइएको छ ।

त्यसैगरी मौसम मापन स्थल सञ्चालन गरेदेखि मुस्ताङ उपत्यकाको प्रत्येक १० मिनेटको मौसमसम्बन्धी रिपोर्ट अनलाइनमार्फत बुद्ध पावरको कार्यालय पोखरा र स्पेनमा रहेको कम्प्युटरमा संकलन भइरहेको जनाइएको छ । हालसम्म उक्त स्टेसनले निरन्तररुपमा मौसमसम्बन्धी वास्तविक जानकारी दिँदै आएको कम्पनीको भनाई छ ।

उन्नत वायू तथा सौर्य उर्जा केन्द्रमा १८ महिनाको परिक्षण अवधिमा कुनै समस्या नआएको र पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले मुस्ताङ उपत्यकाको अन्य स्थानहरुमा पनि धेरै प्रकारका ठूला साना यस्ता परियोजना सञ्चालन गर्न सकिने भन्दै कम्पनीले मुस्ताङका साथै अन्य हिमाली जिल्लामा पनि अनलाइन मौसम मापन केन्द्र सञ्चालन गर्न र सँगै उन्नत वायु तथा सौर्य र भौगर्भिक उर्जामार्फत बिजुली उत्पादन गर्न सकिने जनाएको छ ।

साथै, बुद्ध पावर कम्पनीले प्राविधिक तथा व्यवहारिक अध्ययनमार्फत तयार पारेको मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकाससम्वन्धी प्रतिवेदनले दिर्घकालिन उर्जा विकासमा टेवा पुर्याउने विश्वास लिएका छौं । आफूहरुले नेपालका अरु थप १० दुर्गम जिल्लामा १० वटा अनलाईन मौसम मापन केन्द्र बनाउन तयार रहेको बुद्ध पावरको भनाई छ । यसले अर्को १२ महिनामा दिएको रिर्पोटको आधारमा नेपालका हिमाली दुर्गम जिल्लामा मेघावाटस्तरीय उन्नत वायु तथा सौर्य एवं भौगर्भिक उर्जा उत्पादन गर्न सकिने कम्पनीको भनाई छ ।

मौसम मापन केन्द्रले दिने डाटाबाट बिषेश गरी नागरिक उड्डयन प्राधिकरण, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल विद्युत प्राधिकरण जस्ता संस्थालाई बढि उपयोगी हुन्छ भन्दै आगामी दिनमा यस्तै अन्य परियोजना अगाडि बढाउन सरकारले अनुमति दिएमा परियोजना संचालन गर्न तयार रहेको पनि कम्पनीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement