नेपाल एग्रो लघुवित्तको आइपीओमा २० गुणा बढीको आवेदन

Advertisement

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण शेयरमा दुई दिनमा २०.६१ गुणा बढी आवेदन परेको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ्गका अनुसार दोस्रो दिन चैत ९ गते सोमबारसम्ममा नेपाल एग्रो लघुवित्तको शेयरमा ३१ करोड १५ लाख ७९ हजार रुपियाँ बराबरको आवेदन परेको छ । एक लाख ४५ हजार २०० बढी आवेदकबाट ३१ लाख १५ हजार ७९० कित्ता शेयर माग भएको हो।

कम्पनीले प्रतिकित्ता एक सय रुपियाँ अंकित दरमा एक लाख ५१ हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । कूल एक लाख ६१ हजार ७७८ कित्ता आईपिओ निष्काशन गरेको कम्पनीले २४ सय ८९ कित्ता लघुवित्तका कर्मचारी र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

Advertisement

Advertisement

Advertisement