सिन्धु बिकास बैंकले जनरल इन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौं।  सिन्धु बिकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी ( जिआईसि नेपाल)बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा बैंक बीच आईतबार आयोजित एक कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

 

Advertisement

Advertisement

Advertisement