नेप्सेमा सामान्य सुधार, उत्पादनमुलक समुहको वृद्धि उत्साहजनक

Advertisement

काठमाडौं । मङगलबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ३.७४ अंकले बढेर १,२६०.६८ अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा समुह र उत्पादनमुलक बाहेक सबै उपसुचक घटेका छन् ।

मंगलबारको बजारमा कुल ६१ करोड ४१ लाख ४७ हजार ४११ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ४२ करोड घटी हो । सोमबारको बजारमा कुल एक अर्ब ३ करोड रुपियाँ बराबरको सेयर किनबेच भएको थियो ।

मंगलबार सबैभन्दा बढी छिमेक लघुवित्त  र  नेपाल बैंकको कारोबार ४ करोड माथिको सेयर कारोबार भएको छ । लघुवित्तको एकैदिन साधारण र संस्थापक सेयर गरी कुल ७ करोड ५० लाख ४६ हजार रुपियाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी साधारण सेयर ४ करोड ९६ लाख ६६ हजार रुपियाँ बराबरको सेयर कारोबार भएको छ भने बाँकी २ करोड ५३ लाख ८० हजार कित्ता संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, संस्थाको साधारण सेयरको मूल्य प्रतिकित्ता १०२१ रुपियाँ रहेको छ भने संस्थापक सेयरको मूल्य प्रतिकित्ता ५६४ रुपियाँ रहेको छ ।

त्यसैगरी, उत्पादनमुलक समुहमा उत्साहजनक सुधार देखिएको छ । ४६ दशमलभ ०८ अंकको सुधार देखिन्छ । एनएमबि बैंक, एनआईसी एशिया बैंक र छिमेक लघुवित्त प्रोमोटर शेयरको सबैभन्दा धेरै २ करोडमाथिको कारोबार भएको छ । नविल बेंक प्रोमोटर शेयर, एभरेष्ट बेंक, प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्सको १ करोडमाथिको कारोबार भएको छ ।

एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् ।इन्भेष्टमेन्ट फाइनान्स, राद्यी विद्युत कम्पनी, उन्नती माइत्रलोफाइ, युनिलिभर नेपाल सिन्धु विकास बैंक, गरिमा विकास बैंक, रिडी हाइड्रोपावर लगायतका शेयरधनीले कमाएका छन् ।

घलेम्दी हाइड्रो, भार्गव विकास बैंक, अरुन कावेली पावरका शेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् । सिनर्जी पावर, नविल समृद्धि फण्ड, कालिका लघुवित्त लगायतका शेयरधनीले गुमाएका छन् ।

Advertisement

Advertisement

Advertisement